Swosthani Bratakatha's front cover

Swosthani Bratakatha Narishaktiko Mahima, Narikai Shosan

स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण
Paperback
Rs 425
Genre:Religion & Spirituality
Language : Nepali
Published: May 03, 2024
Paperback
Weight:1000 g

पुस्तकको बारेमा

“स्वस्थानी व्रतकथा केवल धार्मिक कथा मात्र होइन । यो एउटा सामाजिक कथा पनि हो । यस कथाभित्र विद्यमान सामाजिक परंपरा, विवाह, घरपरिवार, समाजमा पुरूष र महिलाको स्थान र भूमिकाले आजभन्दा साढे चारसय वर्ष अघिको समाज र सामाजिक व्यवस्थालाई प्रतिबिम्बित गरेको छ ।”
“आज पनि प्रायः हरेक पुरूषहरूले पत्नीमा समर्पण र त्याग खोजिरहेका हुन्छन् । हृदयमा दुःखको सागर भए पनि अनुहारमा मुस्कान खोजिरहेका हुन्छन् ।”

“स्वस्थानी व्रतकथाले नारीहरूलाई पतिभक्ति, पतिव्रता धर्म र सतित्वको पाठ धेरै पढाएको छ र नारीको यौनिकतामाथि नियन्त्रण गर्न खोजेको छ । पुरूषको स्वतन्त्र यौनजीवनलाई महिमामण्डित गर्ने तर नारीको यौनिकतालाई भने पुरूषको जीवनसँगै लगेर जोडिदिएको छ र पुरूषहरूले पत्नीको सतित्वमा आफ्नो प्राण सुरक्षित देख्ने मानशिकतालाई उजागर गरेको छ ।”